Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – सरकारले हालसम्म कोरोनाविरुद्धको एक करोड ३० लाख २० हजार डोज खोप खरिदमा सवा २० अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ माघ ०७७ यता उक्त खोप खरिदमा २० अर्ब ३० करोड ७७ लाख ७४ हजार नौ सय १५ रुपैयाँ खर्च भएको हो ।

यो अवधिमा कुल एक करोड ९८ लाख ७८ हजार सात सय १० डोज खोप आपूर्ति भएकोमा ६८ लाख ५८ हजार सात सय १० डोज भने विभिन्न देश तथा संस्थाबाट सहयोगमा प्राप्त भएको छ । यो आपूर्ति भएको कुल खोपको ३४ प्रतिशत हो ।

‘हालसम्म भित्रिएको खोपमध्ये एक करोड ३० लाख २० हजार डोज (६५.५%) खरिदबाट र बाँकी ६८ लाख ५८ हजार सात सय १० डोज (३४.५%) दातामार्फत सहयोगस्वरूप प्राप्त भएको छ,’ स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लालले भने, ‘खरिद गरिएको खोपमा २० अर्ब ३० करोड ७७ लाख ७४ हजार नौ सय १५ रुपैयाँ खर्च भएको छ ।’

महाशाखाका अनुसार खोप खरिदमा खर्च भएको आधाभन्दा बढी रकम एसियाली विकास बैंक र विश्व बैंकको ऋणमा प्राप्त भएको हो । नेपाल सरकारको नौ अर्ब ६६ करोड चार लाख एक हजार ६ सय ६० रुपैयाँ खर्च गरेको छ । त्यस्तै, एसियाली विकास बैंकको पाँच अर्ब ४२ करोड ६ लाख दुई हजार एक सय ५० र विश्व बैँकको पाँच अर्ब २२ करोड ६७ लाख ७१ हजार एक सय पाँच रुपैयाँ खर्च भएको छ ।

भारतबाट खरिद २० लाख डोज कोभिसिल्डबाहेक अन्य खोपको मूल्य भने सार्वजनिक गरिएको छैन । ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’मा खरिद गरिएकाले मूल्य सार्वजनिक नगरिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आपूर्ति भएकोमध्ये एक करोड ५८ लाख १९ हजार चार सय ६६ डोज खोप लगाइसकिएको छ । सरकारले थप तीन करोड ३४ लाख ५० हजार एक सय ६० डोज खोप आवश्यक भएको बताएको छ । यी खोप ६ महिनाभित्र आइसक्नेसमेत जनाएको छ । तथ्यांकअनुसार अनुमानित कुल जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ मध्ये १५ वर्ष वा सोभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार सात ६३ जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया