Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
न्युयोर्क– एप्पल कम्पनीले हालै बजारमा ल्याएको नयाँ आईफोन–५ को बिक्री  पहिलो सातामै पचास लाख नाघेको र उसले आरम्भका लागि तयार गरेको आपूर्तिलाई मागले नाघेकाले ग्राहकले केही कुर्नुपरेको बताएको छ ।
‘‘आईफोन–५ को माग अविश्वसनीय रहेको छ । हामी सकेसम्म छिटो आईफोन–५ चाहने हरेक ग्राहकको हातमा यो उपकरण उपलब्ध गराउन लागिपरेका छौँ’’, एप्पलका प्रमुख कार्यकारी अधिकारी टिम कुकले भन्नुभयो ।
एप्पलले शुक्रबार आईफोन–५ को बिक्री खुला गरेको थियो । यसका कारण नौवटा मुलुकमा ग्राहकको निकै लामो लाइन देखा परेका थियो । यस साताको अन्त्यसम्म यो फोन अन्य २२ मुलुकमा पनि उपलब्ध हुनेछ र वर्षको अन्त्यसम्म १०० मुलुकमा उपलब्ध हुनेछ ।
कुकले आरम्भको आपूर्ति बिक्री भइसकेको, पसलहरूले आईफोन–५ नियमित रूपमा पाउने, ग्राहकले निरन्तर रूपमा अनलाइन खरिद आदेश दिनसक्ने र तोकिएको दिनमा उत्पादन पाउने बताउनुभयो ।
उहाँले एक विज्ञप्ति प्रकाशन गरी प्रत्येक व्यक्तिको धैर्यलाई आफूले प्रशंसा गर्ने तथा प्रत्येक व्यक्तिको हातमा आईफोन उपलब्ध हुने गरी उत्पादन गर्न आफूहरूले प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ ।
एप्पलले गत साता यो फोन बजारमा ल्याएपछि करिब दश करोड आईओएस इन्टरनेटबाट डाउनलोड भएको बताएको छ ।
विश्लेषकहरूले हलुको, पातलो तथा बढी उपयोगिता भएको आईफोन–५ का लागि खासै राम्रो प्रतिक्रिया दिएका छैनन् । यसको नक्सा सफ्टवेयरमा समस्या रहेको बताइएको छ ।+++
तपाईको प्रतिक्रिया