मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौँ – बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राले अभिनेत्री शर्लिन चोपडामाथि मानहानिको मुद्दा दर्ता गराएका छन् । शिल्पा र राजले अभिनेत्री चोपडाबाट ५० करोड क्षतिपूर्तिको माग दाबीसमेत गरेका छन्। राज र शिल्पाले शर्लिनलाई कैयौँ पटक चेतावनी दिँदा पनि शर्लिन नसुध्रिएपछि यो निर्णय लिएका हुन् ।

शिल्पा र राजका वकिलले शर्लिनले जुनसुकै मिडियामा दिइरहेको बयानबाजी कानूनी दायरामा नरहेको बताएका छन् । ‘मेरो ग्राहकका विरुद्ध पत्रकार सम्मेलन गर्नु उनीहरूलाई बदनाम गर्ने उद्देश्यले हो । शर्लिन चोपडाले बोलेका कुराहरू अदालतमा उनकाविरुद्ध दर्ता गरिएको उजुरीमा प्रमाणका रूपमा प्रयोग गरिएका छन्’, वकिलले भनेका छन् ।

शर्लिनले राज र शिल्पाविरुद्ध अक्टोबर १४ मा एफआईआर दर्ता गराएकी थिइन्। उनले राज र शिल्पाले आफूलाई धोका दिएको र मानसिक यातना दिएको आरोप लगाएकी थिइन् । राज र शिल्पाका वकिलले भने शर्लिनले राज र शिल्पामाथि लगाएको सबै आरोप मनगढन्ते, झुटो, तुच्छ, निराधार र बिना प्रमाणको रहेको बताएका थिए । उनले शर्लिनले राज र शिल्पाको छवि बिगार्दै उनीहरूबाट पैसा असुल्न आरोप लगाएको दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया