Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025
पोखरा- पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष प्रचण्डबीच आइतबार पोखरामा जम्काभेट भएको छ । स्याङ्जाको धार्मिक भ्रमण सकेर पोखरा फर्किंदै गरेका पूर्वराजा शाह र पोखराबाट अनदु डाँडा शान्ति स्तुपतर्फ जाँदै गरेका प्रचण्डबीच सिद्धार्थ राजमार्गस्थित खाडेखोलानजिकै साँझ जम्काभेट भएको हो । प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच एकअर्काको गाडीबाट हेराहेर भएको थियो ।
सुरुमा कुन भिआइपीको सवारी हो भनी अन्योलमा रहेका शिवसेनाका कार्यकर्ता प्रचण्ड भन्ने थाहा पाएपछि राजतन्त्रको पक्षमा नाराबाजी गर्न थालेका थिए । त्यतिबेला पूर्वराजाको गाडी अगाडि हुइँकिइसकेको थियो । तर, प्रचण्डको गाडी बीचमा परेपछि उनलाई क्रस गराउन सुरक्षाकर्मीलाई हम्मे–हम्मे पर्‍यो । उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सवारीसाधनबाट ओर्लेरै व्यवस्थापन गर्नुपरेको थियो ।
एमाओवादी अध्यक्ष प्रचण्ड आइतबार कास्कीको अन्तुडाँडास्थित पिस ड्रागन लजमा बसेका छन् । उनको पोखरा आगमनको उद्देश्य खुल्न सकेको छैन । यता, जिल्लास्थित सुरक्षा निकायले भने प्रचण्ड पोखरा आएको सुनेको तर सुरक्षा निकायलाई भ्रमणबारे कुनै जानकारी नभएको जनाएको छ । पोखरा विमानस्थल सम्याउने र तारवार गर्ने ठेक्का पाएको चिनीया ठेकेदार कम्पनीसंग एमाओवादीले कमिसन लिएकोबारे पोखरामा बहस चलिरहेका बेला प्रचण्डको आगमनलाई महत्वका साथ हेरीएको छ । एमाओवादीका तर्फबाट पूर्व सभासद राजकाजी गुरुङ्ले ५०लाख रुपैंया कमिसन लिएको विषयलाई लिएर निर्णय अनुरुप नै केही रकम लिइएको भनेपछि यस क्षेत्रमा माओवादीको तीब्र आलोचना भइरहेको छ ।
प्रचण्ड पारिवारिक झमेला मिलाउन आएको हुन सक्ने पनि अनुमान गरिएको छ । उनका छोरा प्रकाशको ससुराली कास्कीको हेम्जा हो । तर एमाओवादी कास्की जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणी तिवारीले प्रचण्ड आराम गर्नको लागि आएको वताएका छन् । उनले कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी दिए । प्रचण्डको पोखरा बसाई कति समयको हुने भनेर समेत तिवारीले खुलाउन चाहेनन् ।
काठमाडौंस्थित प्रचण्डको नीजि सचिवालयले भने स्वास्थ्य समस्या भएकाले आराम गर्न मात्र पोखरा गएको बतायो । स्रोतका अनुसार प्रचण्डका साथमा उनकी पत्नी सिता र सचिवालय सदस्य मात्र छन् । ‘काठमाडौंमा बिरामी अवस्थामा पनि आराम गर्न नपाइने भएकाले ९पोखरा० जानुभएको हो, अरु कुनै प्रयोजन छैन,’ सचिवालय स्रोतले भन्यो ।
तपाईको प्रतिक्रिया