Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

गलकोट – कोभिड १९ सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेएका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उहाँको भनाइ छ ।

‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए । सोचेजस्तो विदेशमा कहाँ हुन्छ र ? विदेशमा जस्तो मिहिनेत आफ्नै देशमा गरे के सम्भव नहोला र ? भन्ने सोचले आफ्नै गाउँमै अग्र्यानिक कृषि तथा पशुपक्षी नामको प्राइभेट कम्पनी दर्ता गरेर व्यवसाय थालेको छु,’ उनले भने, ‘मैले आफ्नै गाउँठाउँमा केही गराैं भनेर आफूसँगै श्रीमतीलाई पनि जापानबाट फर्काएको छु ।’ घर्ती दम्पतीका दुई छोरा र एक छोरी छन् । उनीहरुलाई समेत विदेशी मोहबाट मुक्त गरेर नेपाल फर्किएको घर्तीले बताए ।

जापानमा मेरै गाउँ जस्तै गाउँमा ठूलाठूला कृषि फार्महरु सञ्चालन गरेको देख्दा मनमा आफ्नै गाउँको याद र सम्भावना बोध भएपछि नेपाल फर्किएको उनको भनाइ छ । आफ्नै पुख्र्यौली खेतबारीमा अहिले कालिजपालन थालिएको छ । अहिले ५० लाखको लगानी गरेर कालिज पालेको र अझै ५० लाखको लगानी गरी गाउँमै जडीबुटीको नर्सरी, कालिजपालनसँगै रेष्टुरेन्ट, तरकारी खेती र ह्याचिङ मेसिनको तयारी गरिरहेको उनको भनाइ छ । डेढ वर्षदेखि तयारी गरेर सञ्चालित फार्ममा अहिले कालिज बेच्नलाई तयार भएको र अण्डा पार्नसमेत थालेको घर्तीले बताए ।

ताराखोला अग्र्यानिक कृषि उत्पादन र पशुपक्षीपालनको धेरै सम्भावना बोकेको ठाउँ हो । ताराखोलामा विभिन्न खालका जडीबुटी, फलफूल, तरकारी, च्याउ, ताराखोलाको साग, ओखर, आलु, भाँगोको राम्रो माग, उत्पादन तथा बिक्री हुँदै आएको छ । यसलाई अझ व्यवस्थित तवरबाट गरेर उत्पादन बढाउने घर्ती दम्पतीको योजना छ । विशेषतः कालिजपालनसँगै ताराखोलामा होमस्टेसमेत सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।

‘सतुवाको माग अहिले धेरै छ, सतुवा समुन्द्री सतहदेखि दुई हजार दुई सय देखि दुई हजार तीन सयको उचाइमा हुने जडीबुटी हो, यो जडीबुटी जुनसुकै ठाउँमा नहुने कारणले यो ताराखोलामा उत्पादन गर्न सकिने भएकाले सतुवाको नर्सरी गर्ने योजना पनि छ’, उनले भने, ‘ताराखोलामा उत्पादन हुने हरेक कुरामा ताराखोला ब्रान्ड बनाउने सोच गराएको छु । यसलाई देशमा मात्र नभएर विदेशमा पनि बिक्री गर्ने योजना छ ।’

ताराखोलामा उत्पादन गरेका सबै कुरालाई अक्षेते बजार, बुर्तिबाङ बजार, गल्कोट, बागलुङ बजार मात्र नभएर नेपालको चर्चित पर्यटकीय गन्तव्यस्थल मुस्ताङमा समेत पु-याउने सोच घर्तीको छ । ‘अहिलेसम्म पालिकाले कुनै सहयोग गरेको छैन, सहयोग र अनुदान पाउला भनेर गरेको व्यवसाय पनि होइन’, उनले भनिन्, ‘पालिकाका कृषि प्रमुखले हामीहरुले गरेको कामलाई हेरेर सल्लाह सुझाव दिएमा आफूलाई काम गर्न सहज हुनेछ । कृषि र पशुपक्षीपालनमा अरू प्रोत्साहित गर्ने अनुदान सहयोग गरेमा पनि राम्रै हुनेछ ।’

अहिले ताराखोलाको आलु, ताराखोलाको बेसार, ताराखोलाको अग्र्यानिक घीउ, भाँगोहरु बागलुङमा मात्र नभएर अन्य जिल्लामा पनि बिक्री गरेका छौँ । ताराखोला गाउँपालिकाले ताराखोलामा उत्पादन गरेका कुराहरुलाई प्राथमिकतामा राख्नुपर्ने घर्तीको भनाइ छ । ताराखोलाको उत्पादनलाई गाउँपालिकाले ब्रान्डका रुपमा अन्य ठाउँमा चिनाउनुपर्नेमा पालिको पछि परेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया