Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडाैं – सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गरेको छ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विद्येयकमार्फत् नयाँ बजेट प्रस्तुत गरिरहेका छन् ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने घोषणा गरेका छन् । प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको उनले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए । अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो । अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहँदा एमालेका सांसदहरूले भने नाराबाजी जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया