Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
पोखरा – पूर्वराजा ज्ञानेन्द्र शाह गण्डकी र धौलागिरी अञ्चलका विभिन्न धार्मिक स्थलको एक साता लामो भ्रमणका लागि बिहीबार काठमाडौंबाट गाडीमा पोखरा आएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई पृथ्वी राजमार्गका मुख्य-मुख्य स्थानमा समर्थकले स्वागत गरे।
यसअघि धार्मिक भ्रमणमार्फत सक्रिय हुन खोजेको भन्दै विरोध गरेको एकिकृत माओवादीले बिहीबार भने कुनै कार्यक्रम गरेन ।
चितवनको कुरिनटारस्थित रिभर साइड रिर्सोटमा खाना खाएर पोखरातर्फ लागेका पूर्व राजा ज्ञानेन्द्रको टोलीलाई चितवनको मुग्लिन, तनहुँको आबुँखैरेनी, दमौली बजारमा समर्थकले जयजयकार गर्दै फूलमालाले स्वागत गरे। उनको सुरक्षार्थ सादा पोसाकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
राजावादीको जयजयकारसँगै केहीबेर दमौली बजारमा पैदल हिँडेका शाहले ८ गते दमौली आउने भन्दै गाडी चढेर गएका थिए।
तपाईको प्रतिक्रिया