Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – काठमाडौंको चोभारमा एक अर्ब ८० करोड लागतमा सुक्खा बन्दरगाह निर्माण सकिएको छ । विश्व बैंकको ऋण सहयोगमा निर्माण गरिएको सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनको चरणमा पुगेको नेपाल इन्टरमोडेल यातायात विकास समितिले जानकारी दिएको छ ।

०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह सञ्चालनको चरणमा पुगेको हो । सुरुमा स्थानीयको अवरोध र त्यसपछि कोभिड-१९ का कारण भएको पहिलो चरणको लकडाउनले निमार्णमा ढिलाइ भए पनि पछिल्लो ६-७ महिनामा निर्माण कार्यले गति लिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनका अनुसार पछिल्लो ६-७ महिनामा ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।

बन्दरगाह स्थानीयको विरोध र कोभिडका कारण निर्धारित समयभन्दा १४ महिना ढिलो गरी सञ्चालनको चरणमा पुगेको हो । ०७५ को माघमा शिलान्यास भएको बन्दरगाह १८ महिनामा सक्ने लक्ष्य लिइएको थियो । भौतिक संरचना तयार भएसँगै अब भन्सार कार्यलय क्वारेन्टाइन तथा अन्य प्राविधिक कार्य गरेर चोभारको बन्दरगाह सञ्चालन गर्नसकिने गजुरेल बताउँछन् । उनका अनुसार बन्दरगाह सञ्चालनमा आएसँगै काठमाडौं आसपासका लागि आयात भएका सामान सिधै चोभारको सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्न सकिने छ ।‘भौतिक संरचना तयार भएको छ । अब भन्सार, तथा क्वारेन्टाइन कार्यले र बैंकको कार्यालय स्थापन गरी प्राविधिक कार्य पूरा गरी बन्दरगाह सञ्चालन गर्न तयार छौं’, उनले भने, ‘बन्दरगाहको निगरानीका लागि ‘सर्भेलेन्स रुम’ बाट परीक्षण भइरहेको छ, बन्दरगाह सञ्चालनका लागि तयार भएको छ ।’ २६१ रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा केही नयाँ प्रविधिको पनि प्रयोग गरिएको गजुरेल बताउँछन् । बन्दरगाहमा हुने ध्वनी प्रदूषण बाहिर जान नदिन नेपालमै पहिलो पटक बन्दरगाहमा ध्वनि रोक्ने प्रविधिको प्रयोग गरिएको उनले बताए ।

हिमाल सिमेन्टको कुल २६१ रोपनी जग्गामा संरचना निमार्ण भएकोमा २२० रोपनी क्षेत्रफलमा बन्दरगाहको संरचना फैलिएको छ भने ४१ रोपनीमा बन्दरगाहमा काम गर्न कर्मचारीको लागि आवास निर्माण गरिएको उनले बताए । बन्दरगाह परिसरमा भन्सार, क्वारेन्टाइन भन्सार एजेन्ट र बैंकको कार्यालयको लागि पनि पूर्वाधार तयार भएको छ ।

अहिले नै बन्दरगाहमा डोमेस्टिक र इन्टरनेसन यार्डलाई छुट्याउने गरी पूर्वाधार तयार भएको छ । बन्दरगाहमा ठूला कन्टेनर जान र निस्कन तीन वटा गेट रहेको छ । जसमध्ये एउटा डोमेस्टिक यार्ड र एउटा इन्टरनेसनल यार्डका लागि तथा बीचमा रहेको गेट भने डोमेस्टिक र इन्टरनेसनललाई छुट्याएर दुवै यार्डको इमरजेन्सीका लागि प्रयोग गरिनेछ । बन्दरगाहमा पाँच सय ट्रक र सोही हाराहारीमा कन्टेनर अट्ने गरी संरचना तयार पारिएको छ ।

तपाईको प्रतिक्रिया