टोकियो– चीन सरकारका तीन जहाज जापानी प्रशासनमा रहेको द्वीपहरूको पानी क्षेत्रमा मङ्गलबार प्रवेश गरेको जानकारी जापानी तटरक्षकले दिएका छन् । हाल यी दुई मुलुकबीच यी द्वीपहरूका विषयमा तनाब बढ्दो छ ।
अन्तर्राष्ट्रिय सामुद्रिक कानुनअन्तर्गत भनि चिनिएको क्षेत्रमा चीनका ११ वटा जहाज पुगेको र तीमध्ये १० वटा जहाज नौसैनिक सतर्कता जहाज रहेको बताइएको छ । यसबीच चीनका नगरहरूमा जापानविरोधी प्रदर्शन देखापरेका छन् ।
तीन सतर्कता जहाज उक्त द्वीपको जलक्षेत्रमा प्रवेश गरेको जापानको तटरक्षकले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । दश जहाजले जापानमा सेनकाकुस भनिने र चीनमा दियाओयु भनिने द्वीपहरूलाई चारैतिरबाट गस्ती गरिरहेको बताइएको छ ।
चीनको एक मत्स्यपालन गस्ती जहाज पनि उक्त क्षेत्रमा देखापरेको छ ।