Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

टोकियो – कोभिड-१९ को त्रासका बाबजुत सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुद सम्पन्न भएको छ । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोनाका कारण एक वर्षपछि सारिदा कोरोनाको त्रास नहटेपनि विभिन्न सतर्कता अपनाउँदै टोकियोमा भव्य समापन भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियो ओलम्पिकमा २ सय ६ राष्ट्रसँगै शरणार्थी टोलीका ११ हजार ३ सय भन्दा बढी एथलिटले ३३ खेलमा विभिन्न ३३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । यो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत, ३३ काश्य सहित कुल ११३ पदक जित्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत, १८ काश्य सहित ८८ पदक जित्यो । तेस्रो स्थानमा घरेलु टिम जापान रह्यो । उसले २७ स्वर्ण, १४ रजत र १७ काश्य सहित ५८ पदक जित्यो ।

चौथो स्थानको बेलायतले २२ स्वर्ण जित्दा १० देशले दोहोरो स्वर्ण हात पारे । प्रतियोगितामा कुल ६५ देशले स्वर्ण जित्दा ९३ देशले पदक हासिल गरे । यसपटक ओलम्पिकमा नेपालसहित ११२ राष्ट्र पदकविहीन बने । अब ३३ औं संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा सन् २०२४ मा हुने छ । समापन समारोहमा आयोजना जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा पेरिसमा प्रत्यक्ष समारोह समेत भएको थियो ।

तपाईको प्रतिक्रिया