Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – वीर अस्पतालमा स्वास्थ्यकर्मीले गरेको प्रदर्शनका क्रममा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप हुँदा चार प्रदर्शनकारी घाइते भएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घाइतेहरूको अवस्था गम्भीर नरहेको र इमर्जेन्सीमा उपचार भइरहेको आन्दोलन कमिटीका संयोजक दीपक मुडबारीले बताए । वीर अस्पतालमा कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. गौतम नियुक्त भएको लामो समयसम्म पनि कुनै परिवर्तन नभएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए ।

मुडबारीका अनुसार प्रदर्शन चलिरहँदा डा. गौतम अस्पतालबाट बाहिरिएका थिए । प्रदर्शनकारी थप आन्दोलनको तयारी गरेका छन् । गौतम आएपछि अस्पतालको सेवामा कुनै सुधार नभएको बरु आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले आठ महिनादेखि कोभिड-१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् । आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड-१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया