मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण ९ गते शनिबार नेपाल सम्बत ११४१ दिल्लाथ्व,सन् २०२१ जुलाई २४ तारिक शुक्लपक्ष पूर्णिमा तिथि विहान ८ वजेर १ मिनेटसम्म (जापानमा पूर्वान्ह ११ वजेर १६ मिनेटसम्म), उत्तरषाढा नक्षत्र अपरान्ह १ वजेर ३७ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर ५२मिनेटसम्म), विष्कुम्भयोग,बवकरण,आनन्दादियोग राक्षस,सूर्य कर्कट राशिमा,चन्द्रमा मकर राशीमा । योगिनी विहान ८-१ वजेसम्म वायव्य उप्रान्त पूर्व दिशामा,काल पूर्व दिशामा पाश पश्चिम दिशामा,चन्द्रमा दक्षिण दिशामा शुक्र पश्चिम दिशामा रहने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गतिरोधहरु हटेर जानेछन् । मेहनतको फल मिल्नेछ तर सहज र सरल विधिबाट कम काम हुनेछन् । अरुको भरमा मात्रै काम नगर्नु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । बाह्य कुरामा ध्यान केन्द्रित नगर्नु होला आफैलाई घाटा हुनेछ । पठन पाठन मन्द गतिमा अगाडि बढ्नेछ । घरका समस्या केहि समाधान हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): गलत संस्कारको शिकार बन्ने सम्भावना देखिन्छ विचार पुर्‍याउनु होला । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ । इज्जतको ख्याल राखेर अगाडि बढ्नु होला । उपकारी काम हुनेछन् । फलदायी यात्रा हुनसक्छ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अवसर फुत्किने देखिन्छ । सपना साकार पार्न सकिने छैन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । सोचाई बढि हुनेछ भने काम कम हुनेछन् । भौतिक सम्पति नास हुनसक्छ । मानसिक तनाव बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ । अनावस्यक खर्च नियन्त्रण गर्नु होला । प्रतिश्पर्धाबाट नबाहिरीनु होला । मुद्धा मामिला जीत हात लाग्नेछ । संघर्षबाट नै सफलताका सिढि चढ्न पाईनेछ । व्यापार बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आफै अन्योलमा पर्दा कामले गति लिने छैन । पढाई लेखाईमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । भूमि,कृषि औजार,अग्नि तत्व एवं यान्त्रिक कामबाट भने लाभान्वित हुनुहुनेछ । सहयोग गर्ने भन्दा रिस,डाहा गर्ने बढि हुनेछन् । वोलीको प्रभावमा केहि काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समस्याको भुमरीमा पर्न सकिन्छ चनाखो भएर अगाडि बढ्नु होला । घरयासी खर्चमा वृद्धि हुनेछ । आफन्तको काम गरेर जश पाईने छैन । आर्थिक संरचनालाई नचलाउनु होला । वोलीको अनर्थ लगाउने छन् सचेत रहनु होला । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । धन सम्पति हराउने वा चोरी हुनसक्छ सर्तक रहनु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अल्छि नगरिकन अगाडि बढ्नु होला गरेका काम प्राय सफल हुनेछन् । आर्थिक संरचनालाई नचलाउनु होला । ऋण दिएमा डुब्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ तर उधारो कारोवार नगर्नु होला । आफन्तजनबाट सामान्य सहयोग पाईनेछ । घरयासी समस्याले पिरोल्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । कुरा भन्दा काममा जोड दिनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन मध्यम खालको देखिन्छ । आफुले सोेचेको जस्तो काममा सफलत मिल्ने छैन तर लगनशिल भई गरेका केहि काम सफल हुनेछन् । स्पष्ट वोल्दा कहि कतै आफुलाई अप्ठ्यारो पर्न सक्छ विचार पुर्‍याउनु होला । आफन्तको सहयोग खासै मिल्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । नयाँ क्षेत्रमा हात नहाल्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काममा देखिएका समस्या कम भएर जानेछन् । संवेदनशिल भएर महत्वकाँक्षी योजना अगाडि बढाउनु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिन अवसर प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राजनैतिक सक्रियता बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन अनुकुल भन्दा बढि प्रतिकुल देखिन्छ । महत्वकाँक्षी नबन्नु होला । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, नोक्सान वेहोर्नु पर्नेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने छन् । मिथ्या आरोप लाग्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । वित्तिय कारोवारमा सुधार आउनेछ । गरेका काम प्राय सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । घरमा मांगलिक काम हुनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । शत्रुका कारण लाभ हुनेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया