Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– निर्वाचन आयोगमा दर्ता हुन्न भनेको दुई महिनापछि नेकपा–माओवादीले नयाँ पार्टी गठन गरिएको जानकारी पत्र निर्वाचन आयोगलाई बुझाएको छ ।
एकीकृत माओवादीबाट विभाजन भएको करिब दुई महिनापछि माओवादीले निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको हो । माओवादी नेता एकराज भण्डारीको नेतृत्वमा गएको टोलीले  निर्वाचन आयोगमा पार्टी गठन सम्बन्धी जानकारी पत्र दर्ता गराएको हो ।
अहिले दल दर्तासम्बन्धी कानुनी व्यवस्था नभएकाले आयोगका पदाधिकारीसँग अनौपचारिक परामर्श गरेर आयोगलाई दल गठनको जानकारी पत्र दर्ता गरिएको नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
उहाँले उक्त जानकारी पत्र निर्वाचनको प्रयोजनको लागि नहुने भएपनि नयाँ दल गठन भएको छ भन्ने जानकारी दिन आयोगमा पत्र दर्ता गरिएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया