श्रीलङ्का– श्रीलङ्कामा जारी दोस्रो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले ८–० गोल अन्तरले पाकिस्तानलाई पराजित गरेको छ ।
नेपालकी कप्तान जमुना गुरुङले ४ गोल गरिन् । उनले नवौँ, ३२ औँ, ३४ औँ र ४४ औँ मिनेटमा गोल गरेकी हुन् । अन्य खेलाडीहरू प्रमिला राई १६ औँ, अनु लामा ५१ औँ सजना राना ४२ औंँ र दीपा अधिकारीले ७२ औँ मिनेटमा एक एक गोल गरेका थिए ।
नेपालले सन् २०१० मा भएको ११ औँ दक्षिण एसियाली खेलकुदमा पाकिस्तानलाई ७ शून्य र साफ च्याम्पियनसिपमा १२ शून्यले हराएको थियो ।
नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ ।