Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनको पहिलो भर्चुअल मिटिङ सम्पन्न भएको छ । ‘हामी सबैको, सबैजना हाम्रो’ मुलनाराको साथ मिटिङ सम्पन्न भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भर्चुअल मिटिङको अध्यक्षता संस्थाका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठलले गरेका थिए । अध्यक्ष श्रेष्ठले नेपालको दुर्गम क्षेत्रमा खेल सामाग्री पुर्याउन तथा गुरु नभएको जिल्लाहरूमा गुरूहरूको व्यवस्थापन गर्नु आफ्नो पहिलो लक्ष्य रहेको बताए । संस्थाले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली कराँतेका खेलाडी, प्रशिक्षकहरूलाई समेटेको संस्थाका संस्थापक राजपाल कर्मचार्यले जानकारी दिए । साथै निकट भविष्यमै नेपालको दुर्गम क्षेत्रमा कराँते खेल्नको लागि अवसर प्रदान गरिने योजना रहेको सुनाए ।

संस्थाका महासचिव सरोज भट्टराईले अहिलेको समयमा खेल मानिसको लागि अत्यावश्यक रहेकोमा जोडदिए । यस्तो बैठकले आपसी सद्भाव बढाउन भूमिका खेल्ने उनको भनाई छ । सो मिटिङमा कराँते गुरू थानेश्वर राई प्रमुख अतिथि थिए भने गुरुहरु हेम पुन, आनन्दु लामा थिङ, आङफुर्वा शेर्पा, पशुपतिनाथ मुल्मी, सुरेश वैद्य, सरोज भट्टराई, एसियन कास्य पदक विजेता बिमला तामाङ, पूर्व वरिष्ठ खेलाडी लत्ता चेमजोङ, पूर्व वरिष्ठ खेलाडी राधिका राई र गुरु किरण डंगोलको सअभागीता रहेको थियो ।

साथै बैठकले लामो समयदेखि जापानमा रहँदै आएका सितोरियो कराँतेका पुराना खेलाडी एवम् पत्रकार राजबिन थापा ‘रामु’लाई प्रवक्तामा मनोनीत गरेको छ । बैठकमा विश्वका ३३ राष्ट्रमा रहेका खेलाडी एवम् प्रशिक्षकहरूको उपस्थिति रहेको थियो । अर्गनाइजेसनले विश्वका विभिन्न भूभागमा रहेका सबै कराते खेलाडीहरुलाई एउटै मालामा समेट्दै आएको छ । साथै प्रतिभा/क्षमता भएर पनि पछाडि परेका खेलाडीहरुको प्रतिभा उत्थानमा अर्गनाइजेसनले भूमिका खेल्दै आएको हो ।

तपाईको प्रतिक्रिया