Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्याग्दीको बेनीमा आयोजना गरिएको आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक र व्यापार मेला २०८१ ले झन्डै रु १० करोड बराबरको कारोबार भएको छ। माघे सङ्क्रान्तिका अवसरमा म्याग्दी उद्योग वाणिज्य संघद्वारा पुस २८ देखि माघ ८ गतेसम्म चलाइएको यो महोत्सवमा २३० वटा प्रदर्शनी कक्ष राखिएका थिए। महोत्सव अवलोकन गर्न झन्डै एक लाख दर्शक सहभागी भएका थिए भने टिकट बिक्रीबाट मात्र रु ५० लाख आम्दानी भएको आयोजकले जनाएको छ।

महोत्सवमा स्थानीय उत्पादन, औद्योगिक सामग्री, कृषि तथा पशुजन्य उत्पादन, कपडा र खाना परिकारका स्टल सहित ३० वटा निःशुल्क प्रदर्शनी पनि राखिएको थियो। दर्शकले विशेष रुचि देखाएका सामग्रीमा नेपाली कागज, ढाका कपडा, अल्लो, सिमीको दाल र मौलिक परिकारहरु परे। यसबाहेक, महोत्सवले खेलकुद र सांस्कृतिक कार्यक्रमको माध्यमबाट स्थानीय संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्य पूरा गरेको छ। पुरुष–महिला भलिबल, लोकदोहोरी, नृत्य प्रतियोगिता तथा विभिन्न जातजातिका परम्परागत नृत्य र भाँकी प्रदर्शन गरिएको थियो।

महोत्सवले म्याग्दीको समग्र सम्भावनालाई उजागर गर्दै यहाँको कृषि, पर्यटन, जलविद्युत् र वन पैदावारमा लगानी भित्र्याउन सहयोग पुर्‍याएको आयोजकको विश्वास छ। कालीगण्डकी करिडोर र ऐतिहासिक व्यापारिक मार्गको महत्त्वलाई थप उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु-याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया