Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडाैं – नेपाल पुलिस क्लबले ‘काठमाडौं मेयर्स कप’ क्रिकेटको उपाधि जितेको छ । फाइनलमा एपिएफलाई आठ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले एपिएफलाई स्तब्ध पार्दै उपाधि चुम्यो । १०६ रनको लक्ष्य पुलिसले २४.१ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायाे । उपाधिसँगै पुलिसले पाँच लाख रुपैया पुरस्कार पाउँदा एपिएफले तीन लाख रुपैयामा चित्त बुझाएकाे छ ।

पुलिसको जितमा ओपनर सुनिल धमलाले अविजित ५९ रन बनाए । त्यस्तै, कुशल भुर्तेल र अलिकुमार साहले १५-१५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे । एपिएफका अविनाश बोहरा र भुवन कार्कीले समान १-१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले पुलिसलाई झिनो लक्ष्य दिएको हो । २९.४ ओभरमा सबै विकेटको क्षतिमा एपिएफले १०५ रन मात्रै बनायो । एपिएफका कुनै पनि ब्याट्सम्यानले उच्च रन बनाउन सकेनन् । बसन्त रेग्मीले २२, सन्दीप जोरा र अमरसिंह रौटेलाले समान १८-१८ तथा भुवन कार्कीले १४ रन बनाए । १० रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान शरद भेषावकर शुन्यमै आउट भएपछि एपिएफ दबाबमा आएको थियो ।

यसअघि शंकर राना चार र आशिफ शेख शुन्यमै आउट भएका थिए । एपिएफका ब्याट्सम्यानले पुलिसविरुद्ध खुलेर खेल्न सकेनन् । पुलिसका गुल्सन झा र सागर ढकालले समान ४-४ विकेट लिए ।

तपाईको प्रतिक्रिया