काठमाडौं – राजधानीमा जारी काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह चरणका अन्तिम दुई खेल आज हुँदै छन् ।
आजको खेलको नतिजासँगै फाइनल पुग्ने दोस्रो टिमको पनि टुंगो लाग्ने छ ।
यसअघि काठमाडौं मेयरकप ११ माथि १०३ रनको जीत दर्ता गरेको नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ ।
आज मूलपानी मैदानमा विभागीय क्लब एपीएफ र काठमाडौं मेयर ११ बीच प्रतिस्पर्धा हुने छ ।
एपीएफ विजयी भए फाइनलमा स्थान बनाउने छ भने पराजित भए रनरेटका आधारमा फाइनल पुग्ने टिमको टुंगो लाग्ने छ ।
यस्तै कीर्तिपुर मैदानमा बागमती र त्रिभुवन आर्मी आमने सामने हुने छन् ।
लिगको अन्तिम दिन पुछारमा रहेको बागमती र आर्मी खेल्नेछन् ।
यो खेलको विजेताले एपीएफ र काठमाडौंको खेलको नतिजा कुर्नुपर्नेछ ।
बागमती र आर्मीबीचको खेलमा जसले हार्यो त्यो प्रतियोगिता स्वतः बाहिरिनेछ ।
जित्ने टिमले एपीएफ र मेयर ११ को टिमको नतिजा कुर्नुपर्ने भएको छ ।