Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीसँग राप्रपा नेपालको पार्टी एकता हुनै नसक्ने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा थापाले जनशक्ति पार्टीसँग अब एकताको लागिi कुनै वार्ता र सम्बाद नहुने भन्दै वार्ताको ढोका बन्द गरेको स्पष्ट पारे ।
उनले एकता महाधिवेशनबाट पारित नीति, विद्यान र कार्यदिशालाई राप्रपा नेपाल, राप्रपा र जनशक्ति पार्टीले स्विकार गर्ने गरी सहमतिको अन्तिम तयारी भए पनि अन्तिम समयमा आएर जनशक्ति पार्टीको तर्फबाट ति विषय अहिले नै तय हुनुपर्ने अडान प्रस्तुत भएपछि पार्टी एकताको प्रयास तुहिएको खुलासा गरे ।
उनले भने– ‘एकता महाधिवेशनबाट पारित नीति, विद्यान र कार्यदिशालाई राप्रपा नेपाल, राप्रपा र जनशक्ति पार्टीले स्विकार गर्ने गरी सहमतिको दस्तावेज बनाइएको थियो । त्यसमा हाम्रो सहमति थियो तर अन्तिम समयमा जनशक्ति पार्टीका जिम्मेवार नेताहरुले सबै कुरा अहिले टुङग्याएर तपसिलका विषयमात्रै महाधिवेशनले टुङग्याउनु पर्ने अडान राखे पछि एकताको प्रयास समाप्त भएको हो ।’
यद्यपि थापाले पशुपति शमसेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको सम्भावना भने कायमै रहेको जानकारी दिए ।
उनले पार्टी एकीकरणका लागि भएका प्रयास प्रति निराशा ब्यक्त गर्दै अब सनातन हिन्दु धर्म, संबैधानिक राजतन्त्र र राष्ट्रिय अखण्डता त्याग गरेर कसैसँग पनि पार्टी एकीकरण नगर्ने स्पष्ट पारे ।
केही दलहरुले बन्द कोठामा बसेर संविधानसभा पुनःस्थापनाको षडयन्त्र गरिरहेको भन्दै उनले संविधानसभा पुनःस्थापना गरिए आफ्नो दलले बहिस्कार गर्ने चेतावनी दिए ।
थापाले बाहिरी प्रभाव र दलगत स्वार्थ पुरा गर्न संविधानसभा पुनःस्थापनाको षडयन्त्र भईरहेको दावी गर्दै त्यस्तो गर्न प्रयास गरिए सडक आन्दोलनबाट त्यसलाई विस्थापित गर्ने चेतावनी दिए ।
उनले त्यस्तो षडयन्त्रको विरोध, भ्रष्टाचार, महंगि र असुरक्षाको विषयलाई लिएर राप्रपा नेपालले आन्दोलनको भन्दै आगामी भदौ २२ गते देशै भरी विरोध सभा गर्ने र राजधानीमा बसन्तपुरमा बृहत विरोध सभा गर्ने बताए ।
थापाले अहिलेको राजनीतिक र संबैधानिक राजनीतिक गतिरोधको निकास नयाँ निर्वाचन मात्रै भएको भन्दै  त्यसकोलागी तटस्थ चुनावी सरकार गठन गर्नु पर्ने माग गरे ।
तपाईको प्रतिक्रिया