काठमाडौं – पोखरामा आजदेखि महिला र पुरुष दुवै टोलीका लागि भलिबल प्रतियोगिता सुरु हुँदैछ । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता पोखरा रङ्गशालामा सुरु हुन लागेको हो ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको पहिलो दिन आज महिलातर्फ ३ खेल तथा पुरुषतर्फ ४ खेल हुँदैछन् । पुरुषतर्फ पहिलो खेलमा तनहुँ र मुस्ताङ खेल्दैछन् ।
महिलाको पहिलो खेलमा म्याग्दी र नवलपुरबीच खेल हुनेछ । दोस्रो खेलमा पर्वत र स्याङ्जा तथा तेस्रो खेलमा तनहुँ र लमजुङ आमनेसामने हुनेछन् । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।
प्रतियोगिताको विजेता महिला र पुरुष दुवै टोलीले समान २/२ लाख नगद र ट्रफी तथा उपविजेताले १/१ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता पाँच दिनसम्म चल्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् ।