टोकियो – टोकियो ओलम्पिक आयोजक प्रमुख योशिरो मोरी महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा दिएका छन ।
उनले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेदकारी रहेको भन्दै राजनीतिक वृत्तमा आलोचनापछि राजीनामा दिएका छन । माेरीले राजिनामा दिएपछि ओलम्पिक आयाेजकलाइ ठूलाे धक्का लागेकाे छ ।
उनको महिलाबारेको त्यस टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइकाे विषय बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उहाँको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ ।
८३ वर्षीय मोरीले खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामाकाे घोषणा गर्ने तयारी गरेका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् । उनको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने भएकाे छ ।
जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गएकाे हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दबाब दिइएकाे थियाे । उनले लैङ्गिक विभेद सिर्जना गर्ने अभिव्यक्तिका लागि माफी मागे पनि महिलासँग आफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो । –एजेन्सी
यो पनि : टोकियो ओलम्पिक प्रमुख मोरी राजीनामा दिने मनस्थितिमा