Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं –  पोखरामा मंगलबारदेखि राष्ट्रियस्तरको ‘टाइगर कप राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल’ प्रतियोगिता सुरु भएको छ । कोरोना महामारीबाट सिर्जित असामान्य परिस्थितिबाट देश सहज बन्दै जाँदा पीडालाई भुलाउँदै खेलकुद नगरी पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगितासुरु भएको हो । यससँगै कोरोनापछि ठप्प यहाँको खेल क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ । गत वर्ष चैत पहिलो सातादेखि खेलकुद प्रतियोगिता रोकिएकामा टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको भलिबल प्रतियोगिता नै कोरोनापछिको पहिलो प्रतियोगिता हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लामो समयपछि खेलकुदसुरु भएकाले पनि उद्घाटनको पहिलो दिन रङ्गशालामा दर्शक उल्लेख्य सङ्ख्यामा उपस्थित भएर भलिबलको मजा लिए । प्रतियोगिताको आकर्षण बढाउन र खुशीयाली मनाउन हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्‍चालन भएको प्रतियोगिताको पहिलो दिनको खेलमा महिलातर्फ नेपाल पुुलिस क्लब र न्यू डाइमण्ड विजयी बने भने पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । नेपाल पुुलिस क्लबले सोझो सेटमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको हो ।

पुलिसले सशस्त्रलाई २६-२४,२५-२२,२५-११ अङ्कले पराजित गरेको डाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिनुभयो । यसैगरी न्यू डाइमण्डले २५-१३,२२-२५,१८-२५,२७-२५ र १५-१३ अङ्कसहित ३-२ को सेटमा त्रिभुवन आर्मीमाथि जीत हासिल गरेको छ । पुरुषतर्फका प्रतिष्पर्धामा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्बले सोझो सेटमा पराजित गर्न सफल भयो ।

पुलिस क्लबले २७-२५,२१-२५ र २५-२२ अङ्कले गण्डकीलाई पराजित गरेको हो । आगामी फागुन १ गतेसम्म सञ्‍चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, पदक, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०-२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी  दिए ।

तपाईको प्रतिक्रिया