Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौँ – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका विभागीय टोली नेपाली सेनाले जितेको छ । आर्मी क्लबले शनिबार सम्पन्न फाइनल खेलमा एपिएफ क्लबलाई ३३ रनले पराजित गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आर्मीले दिएको २१२ रनको लक्ष्य पछाएको एपिएफ ४१.३ ओभरमा अल आउट हुदै १७८ रन मात्र बनाएको थियो । एपिएफका लागि असिफ सेखले ६१ रन बनाए भने सन्दीप जोराले २९ रन बनाए । त्यस्तै सुमित महर्जनले १९ रन बनाए भने शंकर रानाले २१ र सुबास खकुरेलले १४ रन बनाएका थिए ।

त्यस्तै आर्मीका बलर बिक्रम सोब, जितेन्द्र मुखिया र शाहाब आलमले ३-३ विकेट लिए भने सुशान भारीले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मी क्लबले ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनाएको थियो । आर्मीको लागि हरी चौहानले अविजित ५८ रन बनाएका थिए । त्यस्तै राजेश पुलामी मगरले २८ रन बनाए भने लोकेश बमले १५ रन बनाएका थिए ।

त्यस्तै सुशान भारीले १३, अनिल मण्डलले ११, रोहित पौडेलले १३ तथा भीम सार्की र कप्तान विनोद भण्डारीले ७-७ रन बनाएका थिए । त्यस्तै बिक्रम सोबले ११ रन बनाए भने शाहाब आलमले अविजित २५ रन बनाएका थिए ।

त्यसैगरी एपिएफका बलर अविनाश बोहोराले ४ विकेट लिएका थिए । त्यस्तै किशोर महतोले २ विकेट लिए भने कमल ऐरी, शरद भेस्वाकर र भुवन कार्कीले एक एक विकेट लिए ।

यसअघि पहिलो पिएम कपमा नेपाल पुलिस क्लब र आर्मी क्लब संयुक्त विजेता बनेका थिए भने दोस्रो पिएम कपको उपाधि एपिएफले जितेको थियो भने आर्मी उपविजेता बनेको थियो । त्यस्तै तेस्रो पिएम कपको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने आर्मी उपविजेता बनेको थियो ।

तपाईको प्रतिक्रिया