Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं  – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजको विजेताले शनिवार उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्ने छ । एपिएफले पहिलो खेलमा पुलिसलाई ३० रनले हराउँदै फाइनलमा पुगि सकेको छ । आर्मी प्रधानमन्त्री कपको तीनै संस्करणमा फाइनल सम्मको यात्रा तय गरेको छ ।

आर्मी बागमतीलाई हराउँदै लगातार चौथो पटक फाइनलमा पुग्ने सोचमा छ । यता बागमती पनि आर्मीलाई हराउँदै प्रधानमन्त्री कपको फाइनलमा पुग्ने पहिलो प्रदेशको टोली बन्न चाहान्छ ।

आर्मी विनोद भण्डारी र बागमती ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छन् । आर्मीका लागि कप्तान विनोद भण्डारी, अनिल कुमार मण्डल र रोहित कुमार पौडेल प्रमुख ब्याटिङ हतियार हुन् । विनोदले पहिलो खेलमा गण्डकीविरुद्ध १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । अनिल राम्रो लयमा छन् ।

रोहित, भिम सार्की र लोकेश बमलाई राम्रो प्रर्दशन गर्न आवश्यक देखिन्छ । सुशन भारी र साहब आलम स्पिन हतियार हुन् । तीव्र गतिका बलरमा आकाश चन्द, विक्रम सोब र जितेन्द्र मुखिया छन् । एपिएफविरुद्ध ५ विकेट लिएका मध्यगतिका बलर हरि चौहान पनि बागमतीलाई टाउको दुखाई बन्न सक्छन् ।

बागमतीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा उच्च लयमा छन् । पृथुले ४ खेलमा २ अर्धशतक सहित २ सय १४ रन बनाएका छन् । उनको लयलाई रोक्न कठिन पर्नसक्छ । कप्तान ज्ञानेन्द्र मल्लले यस प्रतियोगितामा अपेक्षा अनुसार प्रर्दशन गर्न सकेका छैनन् । आर्मीविरुद्ध मल्लको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

समूह बी बाट अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको बागमतीका लागि आदिल खान र ईशान पान्डे बाँया हाते युवा ब्याट्सम्यान हुँदा अझ फाइदा मिल्ने छ । बलिङमा विपिन आचार्य र तिलकराज भण्डारी घातक बन्न सक्छन् । तीव्र गतिका बलर रामनरेश गिरी, गौतम केसी र नन्दन यादव छन् ।

गत संस्करणमा बागमती सेमिफाइनलमा आर्मीसँग १ सय १७ रनको फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको थियो । बागमती उक्त हारको बदला यस पटक लिन चाहान्छ । हालसम्म प्रधानमन्त्री कपको फाइनलमा प्रदेशका टोली पुग्न सकेका छैनन् । त्यसैले बागमतीलाई आजको खेलमा इतिहास बनाउने अवसर छ ।

पहिलो संस्करणमा पुलिस र आर्मीले फाइनलको खेल प्रभावित हुँदा उपाधि संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया