Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
विराटनगर– विराटनगरको सीमावर्ती मुख्य बजार जोगवनी बन्द हुँदा विराटनगर भन्सार कार्यालय प्रभावित भएको छ । अआइतबार किनमेलका लागि गएका नेपालीहरु जोगवनीवाट बन्दको कारण रित्तै फर्केका छन् ।
साथै विराटनगर भन्सार कार्यालयको संक्षिप्त कर (राजस्व) सङ्कलन पनि न्यून भएको बताइएको छ । भारत जोगवनीका २२ वर्षीय पङ्कज साह फैयाजले स्थानीय १८ वर्षीया जानुकाकुमारी यादवलाई लिएर भागेपछि केटी पक्षले जोगवनीमा प्रदर्शन गरी बजार बन्द गराएका हुन् । अहिले जोगवनीको स्थिति तनावग्रस्त छ ।
अभिभावकले बेपत्ता छोरीको खोजबिनका लागि प्रहरी प्रशासनले सहयोग नगरेको भन्दै जोगवनी बन्द गराएको त्यहाँका व्यवसायीहरुले बताएका छन् । सरकारी तथ्याङ्क अनुसार जोगवनी बजारमा नेपालीले दैनिक रु तीन करोडभन्दा बढीको सामान खरिद गर्ने गरेको छन् ।
तीजको आगमनसँगै नेपाली क्रेताहरुको खरिद जोगवनीमा बढेको छ ।
तपाईको प्रतिक्रिया