टोकियो – बुधबार एशियाली शेयर बजार रेकर्ड स्तरमा पुगेको छ। अमेरिकी ट्रेजरी सेक्रेटरीका रुपमा मनोनित जेनेट एलेनले कोभिड–१९ ले खस्किएको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धनराशीको आर्थिक सहायताको वकालत गरेसँगै एशियाली शेयर बजारले रेकर्ड उचाई हासिल गरेको हो।
यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर सूचक ०.९५ प्रतिशतले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
यसैगरी, हङकङको हाङसेङ सूचक आफ्नो २०१९ को उच्चस्तरमा पुग्नका लागि १ प्रतिशतले बढेको छ, जबकि अस्ट्रेलियाको शेयरले अल टाइम हाई रेकर्डसम्म पुग्नका लागि ०.६ प्रतिशत जोडेको छ।
यद्यपी, प्रफिट बुक गर्नतर्फ लाग्दा जापानको निक्केई सूचक भने यसदिन ०.४५ प्रतिशतले घटेको छ।
अमेरिकी नास्डाक फ्यूचर्स ०.४ प्रतिशतले बढेको छ भने नेटफ्लिक्सको शेयरमा १२.६ प्रतिशतको बढोत्तरी देखिएको छ।