टोकियो – प्रधानमन्त्री योसिहिदे सुगाले सोमबार जापानमा कोरोनाभाइरस महामारीलाई जतिसक्दो चाँडो नियन्त्रणमा ल्याउने र यस गर्मीमा टोकियो ओलम्पिक र प्यारालिम्पिक आयोजना गर्ने तयारी जारी राख्ने वाचा गरेका छन् ।
उनले टोकियो ओलम्पिक कोरोना महामारी सकिएको संकेतसमेत हुने दाबी गरेका छन् ।
यस बर्षको साधारण संसदीय सत्र सुरु भएको अवसरमा बोल्दै सुगाले आर्थिक बृद्धिका चालकका रूपमा हरित प्रविधि र डिजिटलाइजेशनलाई पनि अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
सुगाले भने – ” सरकारले कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न टोकियोलगायत ११ वटा क्षेत्रहरु “प्रभावकारी उपाय” स्वोरुप आपतकाल लागू गरिरहेको र जनतालाई घरमै बस्न र रेस्टुरेन्ट, बारहरू छिट्टै बन्द गर्न आग्रह गरिरहेको छ ।”
साथै जनताको सहयोगमा भाइरससँग निश्चित रूपमा चाँडै पूर्ण विजय हासिल गर्ने बताउँदै उनले भने “म यस भाइरस विरुद्धको ‘युद्ध’ मा ‘फ्रन्टलाइन’ रही काम गर्नेछु र जनताको सहयोगमा भाइरसका कारण आएको जटिल अवस्था पार गर्न दृढ छु । “