Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – चिनियाँ व्यापारी जङ शान्शान एसियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन्। उनको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भएको छ । यससँगै उनले भारतका मुकेश अम्बानी र चीनका ज्याक मालाई पछि पारेका छन् ।

ब्लूमबर्गको बिलीअनेअर इन्डेक्सका अनुसार कुल ७७.८ अर्ब अमेरिकी डलर बराबर सम्पपत्तिसहित जङ संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन्।

उनी कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए।

कोरोनाविरुद्धको खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका जङले आफ्नो फर्म बेइजिङ वान्ताई बायोलजिकलको सेयर गत अप्रिल महिनामा चीनको स्टक बजारमा सूचीकृत गराएका थिए। उक्त फर्म कोभिड–१९ को खोप बनाउन संलग्न छ।

सेयर बजारमा भएको नाटकीय उत्थानले जङलाई एशियाको सर्वाधिक व्यक्तिका रूपमा स्थापित गरिदिएको छ। ब्लूमबर्गका अनुसार यो इतिहासमै सर्वाधिक सम्पत्ति सङ्कलन भएका घटनामध्ये एक हो। अमेजन कम्पनीका संस्थापक जेफ बेजोससहित धेरै धनाढ्यहरू कोरोनाभाइरस महामारीका बेला अझ धनी भएका छन्।

भारतका मुकेश अम्बानीको सम्पत्ति पनि यो अवधिमा १८.३ अर्ब डलरले बढेर ७६.९ अर्ब डलर पुगेको छ। उनले आफ्नो व्यापारिक प्रतिष्ठान रिलायन्स इन्डस्ट्रीजलाई प्रविधि र ई-कमर्सको क्षेत्रमा रूपान्तरित गरेका छन्।

तपाईको प्रतिक्रिया