Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
विराटनगर- नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालको समृद्धि एवम् समानुपातिक विकासका लागि नेपालमा सङ्घीयता आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल र भारतका सीमा क्षेत्रका पत्रकारहरुसँग आज यहाँ आयोजित संयुक्त बैठकमा उहाँले भारतमा पनि सुरु अवस्थामा सङ्घीयता कायम गर्दा अप्ठयारो परेको स्मरण गर्दै सङ्घीतालाई गलत रुपमा लिन नहुने बताउनुभयो ।
साथै उहाँले सङ्घीयता जातीय आधारमा नभई आर्थिक एवम् सामाजिक आधारमा कायम गर्नु पर्छ भन्दै भारतले नेपालको विकास एवम् समृद्धि चाहेको स्पष्ट पार्नुभयो ।
बिपी कोइराला नेपाल-भारत प्रतिष्ठानद्वारा आयोजित सो बैठकमा राजदूत प्रसादले पूर्वाञ्चलका सीमा क्षेत्रको स्थलगत निरीक्षण एवम् समस्याबारे छलफल गरेको उल्लेख गर्दै नेपाल र भारत सीमामा कुनै किसिमको पर्खाल आवश्यक नरहेको बताउनुभयो ।
विश्वमै नेपाल र भारत बीचको मित्रता उदाहरणीय सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले नेपाल र भारतका जनता स्वतन्त्रपूर्वक एकअर्का देशमा काम गरिरहेको छ भन्नुभयो ।
उहाँले काठमाडौं र दिल्लीमा बसेकाले सीमाको समस्या नबुझ्ने बताउँदै त्यसका लागि सीमा क्षेत्रमा आउनसमेत आग्रह गर्नुभयो ।
नेपालमा राजनीतिक स्थिरता, आर्थिक र सामाजिक क्षेत्रको विकास तथा जलस्रोतको सदुपयोग आवश्यक रहेको बताउँदै नेपाल र भारतका पत्रकारहरुले दुई देशको समस्या समाधान तथा आपसी हित तथा जनताको उन्नतिमा कलम चलाउन आग्रह गर्नुभयो ।***
तपाईको प्रतिक्रिया