Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। शुक्रबार फेसबुकमा रिपोर्ट अपलोड गर्दै कप्तान ज्ञानेन्द्रले आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्।

स्टार अस्पतालमा गरिएको परीक्षणमा उनको कोरोना नेगेटिभ रिपोर्ट आएको हो। आफूमा कुनै पनि लक्षण नदेखिएकोसमेत उनले जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘अहिलेसम्म मलाई कुनै पनि लक्षण देखापरेको छैन, न त कुनै जटिलता नै आइपरेको छ। डाक्टहरूसँगको सल्लाहबाट मैले आज दोस्रोपटक पिसिआर गराएँ, जसमा कोभिड नेगेटिभ देखियो।’

कोभिडलाई सामान्य रूपमा नलिन र उचित सावधानी अपनाउन आग्रह गर्दै उनले शारीरिक पीडाभन्दा मानसिक पीडाले सताउने उल्लेख गरेका छन्।

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणअघि गरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो। कप्तान मल्लसँगै खेलाडीहरू दीपेन्द्र सिंह ऐर र रोहित पौडेलमा समेत कोरोना संक्रमण भएको देखिएको थियो।

बिहीबारबाट नेपालले राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गरेको हो।  कोरोना संक्रमणमुक्त भएसँगै ज्ञानेन्द्र प्रशिक्षणमा सहभागी हुनेछन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया