Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – सर्वकालिक फूटबल खेलाडी डियगो माराडोनाको बुधबार ६० वर्षको उमेरमा ह्रदयघातका कारण निधन भएको छ । माराडोनाको यसै नोभेम्बरको पहिलो सातामात्र मस्तिष्कमा रगत जमेका कारण शल्यक्रिया गरिएको थियो । सफल शल्यक्रियापछि उनी अत्याधिक मदिरा सेवनको लत छुटाउन उपचाररत् थिए ।

माराडोना सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फूटबलको उपाधि जित्दा कप्तान थिए । इङल्याण्ड विरुद्धको क्वाटर फाइनलमा उनले गरेको गोललाई आज पनि ‘ह्याण्ड्स अफ गोल‘ का नामले चिनिन्छि ।

अर्जेन्टिना फूटबल एशोसिएसनले माराडोनाको निधनको पुष्टि गर्दै माराडोना सधैंभरि जनताको ह्रदयमा जीवित रहेको बताएको छ ।
अर्जेन्टिनाका राष्ट्रपति अल्र्बटो फर्नान्डेजले माराडोनाको निधनमा शोक व्यक्त गर्दै माराडोनाले देशलाई सर्वोच्च उचाईंमा पु-याउँदै अन्याधिक खुसी दिएको बताएका छन् ।

माराडोनाले सन् १९९४ मा अन्तिमपटक विश्वकप खेलेका थिए । अमेरिकाविरुद्धको यो खेलमा उनलाई लागूऔषध प्रयोग गरेको आरोपमा स्वदेश फर्काइएको थियो । उनले सन् १९९७ मा ३७ वर्षको उमेरमा फूटबलबाट सन्न्यास लिएका थिए ।

चार विश्वकपमा अर्जेन्टिनाबाट खेलेका माराडोनाले कुल ९१ खेलमा ३४ गोल गरेका थिए । सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रशिक्षक रहेका माराडोना २०१० मा जर्मनीबाट आफ्नो देशको पराजयसँगै प्रशिक्षकबाट बाहिरिएका थिए ।
माराडोना आफ्नो जीवनकालमा ब्राजिलका अर्का सर्वकालिक खेलाडी पेलेको तुलनामा रहे । आज पनि विश्वका कयौं फूटबल खेलाडीका लागि माराडोना प्रेरणाका रुपमा रहेका छन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया