काठमाडौं – क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको अर्को कीर्तिमान बराबरी गरेका छन् । मंगलबार राति भएको खेलमा फेरेंकभारोसविरुद्ध गोल गर्दै युभेन्टसका स्ट्राइकरले आफ्नो घरेलु मैदानमा ७० गोल गर्ने मेस्सीको कीर्तिमान बराबरी गरेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
आन्द्रे पिर्लोको टोली मिट्रो उजुनीको गोलले खेलको १९ औँ मिनेटमा पछि परेको थियो । तर, रोनाल्डोले १६ मिनेटपछि गोल गर्दै खेल बराबरी गरेका थिए । हुवान क्वाड्राडोको पासमा रोनाल्डोले गोल गरेका थिए । इन्जुरी समयमा अल्भारो मोराटाले गोल गर्दै युभेलाई जीत दिलाए । जीतसँगै युभे प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
३५ वर्षीय खेलाडीले यो सिजन पनि उत्कृष्ट सुरुवात गरेका छन् । इटालियन सिरिए ए मा उनले पाँच खेलमा ८ गोल गरेका छन् । यता, च्याम्पियन्स लिगमा कोभिड–१९ को संक्रमणका कारण पहिलो दुई खेल गुमाएका रोनाल्डोले यो सिजन प्रतियोगितामा पनि खाता खोल्न सफल भएका छन् ।
१७२ खेलमा १३१ गोलसहित प्रतियोगितामा रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । रियल म्याड्रिडका पूर्व स्ट्राइकरले हालसम्म पाँच पटक प्रतियोगिता जितेका छन् ।
केही समयअघि मात्र उनले अन्तर्राष्ट्रिय खेलमा पनि १ सय गोल पुरा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७
प्रकाशित समय: १३:२०:११