Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

मेक्सिको सिटी – मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी गराएका छन् । उनले बिहीबार दिएको जानकारी अनुसार मेक्सिकोमा यो संक्रमणबाट ती नागरिकको ज्यान गएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्यसम्बन्धी उपमन्त्री लापेजले बिहीबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिए । उनले भने– मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । उनका अनुसार मेक्सिकोमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख १०४ जनाको ज्यान गएको छ । बिहीबारमात्र यहाँको सरकारले दिएको जानकारी अनुसार २४ घण्टा एता मेक्सिकोमा ५७६ जनाको यस सङ्क्रमणबाट नै ज्यान गएको छ ।

यहाँ हरेक दिन करिब पाँच हजार जना सङ्क्रमित थपिने गरेका छन् । गएको २४ घन्टा यतामात्र पनि यहाँ चार हजार ४४५ जना सङ्क्रमित थपिएका थिए । यो समेत गरी मेक्सिकोमा सङ्क्रमितको सङ्ख्या १० लाख १९ हजार ५४३ जना पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया