टोकियो – जापान र अन्य १४ मुलुकले एसिया प्रशान्त क्षेत्रमा खुला व्यापार क्षेत्र निर्माणका लागि क्षेत्रीय विस्तृत आर्थिक साझेदारी (आरसीईपी) मा हस्ताक्षर गरेका छन् ।
विश्वको राजनीतिक वातावरणमा परिवर्तन आउन लागेको महत्त्वपूर्ण घडीमा यस नयाँ क्षेत्रीय सम्झौताले कोभिड महामारीबाट अर्थतन्त्र उकास्न तथा एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको प्रभुत्व घटाउन सहायता गर्ने विज्ञहरूले बताएका छन् ।
सो व्यापार सम्झौतालाई रिजनल कम्प्रिहेनसिभ इकोनोमिक पार्टनरसीप (आरसीईपी) नाम दिइएको छ ।
सबै मुलुकले आन्तरिक रुपमा सो सम्झौता अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । सो सम्झौतामा आसियानका दश मुलुकसहित चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड सहभागी रहेका छन् ।
सले संसारको सबभन्दा ठूलो खुला व्यापार क्षेत्र बनाउने विश्वास गरिएको छ । विश्वको कुल जनसंख्या तथा कुल गार्हस्थ्य उत्पादनको एकतिहाइ यसले समेट्नेछ । चीन र दक्षिण कोरिया जस्ता महत्त्वपूर्ण व्यापारिक साझेदारसँगजापानले पहिलोपटक खुला व्यापार संरचनामा काम गरेको हो ।
यद्यपी एसियाको एक ठूलो अर्थतन्त्र भारत भने यसमा सहभागी छैन ।
यो सम्झौताको मुख्य लक्ष्य भनेको यस क्षेत्रको मुलुकले उत्पादन गर्ने औद्योगिक र कृषिजन्य उत्पादनमा भन्सार दर कम गर्नु हो ।