Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध जित निकालेको छ। दुबई रंगशालामा सम्पन्न खेलमा चेन्नईले ६ विकेटको जित हात पारेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले पाँच विकेटको क्षतिमा पूरा ओभर खेल्दै १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा आएको चेन्नईले चार विकेटको क्षतिमा पूरा ओभर खेल्दै लक्ष्य पूरा गरेको थियो।

पहिलो इनिङमा ब्याटिङ सम्हालेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रनको अर्धशतकिय पारी खेले। उनले चार छक्का र १० चौकाको मद्दतमा सो रन बनाएका थिए।

त्यस्तै शुभमन गिलले २६ रन, रिन्कु सिंहले ११ रन, कप्तान इयोन मोर्गनलले १५ रन र दिनेश कार्तिकाले अविजित २१ रन बनाए।

यता चेन्नईका लागि निगिदीले दुई विकेट लिए भने माइकल सन्तनर, रविन्द्र जाडेजा र कर्न शर्माले समान १–१ विकेट लिए।

१७३ रनको लक्ष्यका साथ मैदान पसेको चेन्नईका लागि शेन वाट्सन १४ रन बनाउँदै आउट भए। उनीसँगै मैदान पसेका रितुराज गायक्वडले ७२ रनको अर्धसतकिय पारी खेले।

त्यस्तै अम्बाती रायडूले ३८ रन बनाउँदा कप्तान मेन्द्रसिंह धोनी एक रन बनाउँदै आउट भए। अन्तिममा रविन्द्र जाडेजा ३१ रनमा नट आउट भए। कोलकाताका लागि पट कमिन्स र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए।

जितसहित चेन्नईले १० अंक बनाएको छ भने १२ अंकका साथ कोलकाता पाँचौैं स्थानमा यथावत् छ। उक्त हारसंगै कोलकाताको प्लेअफ यात्रामा लगभग पूर्णविराम लागेको छ।

पञ्जाबले बाँकी दुवै खेल जितेमा उसको आईपीएल यात्रा लिग चरणमै सकिने छ। अंक तालिकाको हिसाबले शीर्ष चार टिमसंग भेट्ने देखाए पनि नेट रन रेटले उसलाई बाधा गर्नेछ। @***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया