काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले राजीनामा दिएका छन् । दबाब बढ्दै गएपछि उनले राजीनामा दिएका हुन् ।
तर उनले क्लब युरोपियन सुपर लिगमा प्रवेश गर्ने सम्बन्धी प्रस्ताव स्वीकार गरेको बताएका छन् । सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनलाई बार्सिलोनाका समर्थकहरुले हटाउन चाहेका थिए ।
स्टार खेलाडी लियोनल मेस्सीसंगको सम्बन्ध बिग्रिएका कारण बार्सिलोनाका समर्थकहरुले बार्तोमेउको विरोध गर्दै आएका थिए । मंगलबार बार्तोमेउ क्लबको सबै बोर्ड अफ डिरेक्टरसँगै पछि हटेका हुन् ।
राजीनामा दिएको घोषणा गर्ने क्रममा बार्तोमेउले क्लबको आर्थिक भविष्यका लागि सुपर लिगमा सामेल हुने निर्णय गरेको बताएका हुन् । तर सुपर कपलाई लिएर एकमत हुन सकेको छैन ।
बार्तोमेउ आउँदो मार्चमा पद मुक्त हुँदै थिए । तर अविश्वास बढ्दै गएपछि उनले अविश्वासको प्रस्ताव सामान गर्नु पर्ने अवस्था आएको थियो । क्लबका २० हजार भन्दा बढी सदस्यले उनलाई हटाउन माग गरी हस्ताक्षर गरेका थिए ।
क्लबको प्रदर्शन, आर्थिक अवास्था तथा खेलाडीसंगको सम्बन्धलाई लिएर उनको आलोचना हुँदै आएको थियो । विशेष गरी स्टार खेलाडी मेस्सीसंग उनको सम्बन्ध स्पष्ट रुपमा बिग्रिएको थियो ।@***