Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

टोकियो – नेपाल भलिबल क्लब ईताबासी जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानका बिभिन्न स्थानबाट १७ टोलिको सहभागिता रहेको प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र गल्कोट समाज जापान दुबै गल्कोटे टोलि पुगेका थिए । ए पोलका नौ टीम र बि पोलका ८ टीमको प्रतिस्पर्धाबाट फाईनलको यात्रा तय गरेका दुबै टीम बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानमा आई बसोबास गर्ने युवाहरु आवद्ध टीम हुन् ।

गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानमा भलिबलको प्रवद्र्धनमा निरन्तर लागेको संस्था समेत हो । प्रत्येक वर्ष भलिबल प्रतियोगिता गर्दै आएको क्लवले यस वर्ष कोरोनाका कारण प्रतियोगिता स्थगित गरेको थियो । यस क्लवबाट नेपालमा राष्ट्रिय खेल खेलेका खेलाडी समेत खेल्नुले पनि क्लबलाई बिशेष रुपमा हेरिन्छ भने क्लवमा आवद्ध खेलाडीलाई समेत यस्ता प्रतियोगितामा विशेष चासोका साथ हेर्ने गरिन्छ ।हितु थापा,राम मल्ल, गणेश केसी, मनोज केसी, केशव केसी, रेशम बस्नेत, ललित भण्डारी, सुनिल बस्नेत, महेन्द्र साहानी सहभागि टोली छनौट खेलाडी संयोजक अम्मर भण्डारी र देबेन्द्र खत्रीले गरेका थिए । प्रतियोगिताको उपाधी जित्न सफल क्लवले बीस मान नगद सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने, क्लबका रमेश बस्नेत बेष्ट प्लेयर बिधा बाट सम्मानित भएका थिए । उप बिजेता बनेको गल्कोट समाज जापानले १२ मान नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । गल्कोटकै डम्मर बस्नेत बेष्ट ब्लकर उपादी प्राप्त गर्न सफल भएका थिए ।

नेपाल भलिबल संघ जापान शाखाले गत बर्ष आयोजना गरेको भलिबल प्रतियोगितामा पनि गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा मु्ख्य रेफ्रीको भुमिकामा गल्कोट स्पोर्ट्स क्लवका संरक्षक तथा नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष रत्नसिंह बस्नेत थिए । खेल तोसिमा कु मा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया