काठमाडौं – पाेल्यान्डकी १९ वर्षीया इगा स्विटेकले फ्रेन्च ओपन टेनिसकाे उपाधि जितेकी छन् । भर्खर सम्पन्न महिला एकल फाइनलमा अनुभवी अमेरिकी सोफिया केनिनलाई साेझाे सेटमा हराएर उपाधि जितेकी हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उनले राेलान्ड ग्याराेसमा ६-४, ६-१ काे सेटमा जित हात पारिन्। स्विटेकले केनिनलाई जुनियर स्तरमा एकपल्ट पराजित गरेकी छन्। पहिलाेपटक पेरिसमा खेलेकी उनले उपाधि नै जितिन्। उनी पाेल्यान्डका लागि पहिलाे ग्रान्ड स्लाम टेनिस उपाधि जित्ने खेलाडी पनि भएकी छन्।
स्विटेक पेरिसमा वरीयताविहीन भएर सन् २००७ पछि उपाधि जित्ने खेलाडी पनि भएकी छन् । त्यतिबेला बेल्जियमकी जस्टिन हेनिनले उक्त सफलता पाएकी थिइन् । उनी ५४ औं स्थानकी खेलाडी हुन्।
स्विटेक फाइनल पुग्नुअघि सन् २०१८ की विजेता सिमोना हालेप र २०१९ की उपविजेता मार्केटा भोन्डरोउसोभालाई समान ६-१, ६-२ को सेटमा रोकेकी थिइन् ।
प्रकाशित मिति: आइतबार, आश्विन २५, २०७७
प्रकाशित समय: १७:१७:५०