Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

Photo: Reuters

टोकियो – कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म रहने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । जापानमा गरिएको एक अध्ययनअनुसार कोरोनाभाइरस मानिसको छालामा अन्य फ्लु भन्दा निकै लामो समय बाँच्ने तथ्या पत्ता लागेको हो ।

कोरोना (सार्स–कोभ–२) मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । इन्फ्लुएन्जा भाइरस छालामा २ घण्टा जति मात्रै जीवित रहने अन्वेषकहरुले बताएका छन् ।

तर, छालामा भएका ती भाइरसहरुलाई स्यानिटाइजर वा साबुन पानीले हात धोएर निष्क्रिय पार्न सकिनेछ ।

अनुसन्धानकर्ताकाअनुसार सार्स–कोभ–२ को संक्रमणलाई रोक्नका लागि तपाईले हात धुनु वा सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।

अध्यनअनुसार कोरोना भाइरस सम्पर्कको माध्यमबाट मानिसमा सबैभन्दा छिटो सर्छ । यसअघि अमेरिकामा गरिएको एक अध्यनअनुसार उक्त भाइरस तामामा ४ घण्टा, कागजको बोर्डमा २४ घण्टा तथा प्लास्टिक र स्टेनलेस स्टिलमा ७२ घण्टासम्म बाँच्न सक्न सक्छ ।

जापानको क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताले मानिसको शवबाट लिइएका छालाको नमुनाबाट छालाको मोडल तयार गरेका थिए । छाला मृत्युको एक दिनपछि संकलन गरिएको थियो ।

अनुसन्धानकर्ताका अनुसार मानिस मरेको २४ घण्टापछि पनि छाला प्रत्यारोपणका लागि प्रयोग गर्न सकिन्छ । यसको अर्थ के हो भने मानिस मरेको केही समय पछिसम्म पनि छाला जीवितै हुन्छ । यस हिसाबले त्यसरी संकलन गरिएको नमुना छाला सही नमुना हुने अनुसन्धानकर्ताको दाबी छ ।

८० प्रतिशत इथानोल भएको सेनिटाइजर प्रयोग गर्दा उल्लिखित दुवै भाइरस १५ सेकेन्डमै निष्क्रिय भएको पनि पाइएको अनुसन्धानकर्ताले बताएका छन् ।

‘सही ढंगले हात सफा राख्ने हो भने कोरोना चाँडै निष्क्रिय हुन्छ र संक्रमण हुने जोखिम कम हुन्छ,’ अध्ययनकर्ताले भनेका छन् ।

कोरोना भाइरसको कणको मात्रालाई दूषित छालाको सम्पर्कबाट संक्रमण सक्छ त्यसकारण भविष्यमा यसबारे थप अनुसन्धानको खाँचो रहेको अध्ययनकर्ताहरुले बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया