टोकियो – गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय कमिटीले ‘प्रथम एनआरएनए कान्तो रनिङ कप २०२०’ पुनः गर्ने भएको छ । यसअघि मार्च २९ तारिख गर्ने भनिएको प्रतियोगिता विश्वभर फैलिएको कोरोना महामारीका कारण रोकिएको थियो ।
अहिले कोरोना महामारी केहि साम्य भएकाले आउँदो नोभेम्वर २९ तारिख आइतबार दिन गरिने आयोजकले जनाएको छ । ‘खेलाड़ी माझ एनआरएनए’ भन्ने नाराका साथ आयोजना गरिएको रनिङ कपमा प्रथम हुनेलाई नगद ५ लाख येन र कप, २ लाख र कप पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताबारे थप जानकारीका लागि संयोजक मनोज श्रेष्ठलाई (080-3734-2841)मा सम्पर्क गर्न र आफ्नो टिम दर्ता गराउनु अनुरोध गरिएको छ ।
जेपी बैंक को एकाउण्टमा ( JP 1001004228121 (エヌアルイヌエイ カントウ) फुरिकोमी गरेपछि एनआरएनए कान्तोका कोषाध्यक्ष तथा प्रतियोगिताका आर्थिक संयोजक सागर कार्की लाई (080-3991-4175) मा सम्पर्क गरेर जानकारी गराउन आग्रह गरिएको छ ।