काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोना भाइरस संक्रमण भएको छ।
ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं।”
यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए।
हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराउँदा कोरोना पोजेटिभ पाइएको हो।
यसैबीच, ट्रम्पलाई कोरोना पुष्टि भएसँगै अन्तराष्ट्रिय बजारमा तेलको भाउ घटेको र सेयर बजारमा नकरात्मक असर परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
ट्रम्पलाई कोरोना पुष्टि भएको खबरसँगै जापान र अष्ट्रेलियाको सेयर बजार आरोलो लागेको छ।
ट्रम्पलाई कोरोना भेटिएको खबरपछि अन्तराष्ट्रिय बजारमा सुनको भाउ भने बढेको छ।
जापानी एक मन्त्रीले ट्रम्पलाई संक्रमण पोजेटिभ देखिएकोले गर्दा वित्तीय बजारमा ठूलो असर परेको बताएका छन्।