Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड-१९ पत्ता लगाउने एउटा परीक्षणले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने बताएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड-१९ पत्ता लगाउने प्रक्रियामा पाँच डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक परिवर्तन ल्याउने ठानिएको छ । उत्पादकहरूसँगको एउटा सम्झौताअनुसार उनीहरूले छ महिनाभित्र १२ करोडवटा त्यस्ता परीक्षण उपलब्ध गराउनेछन् ।

डब्ल्यूएचओका प्रमुखले यो कोरोनाभाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताए । परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्दा धेरै देशमा कोरोनाभाइरस फैलिन नदिन गाह्रो हुने गरेको छ । विज्ञहरूले भारत र मेक्सिकोजस्ता उच्च सङ्क्रमण दर भएका देशमा एकदमै थोरै मात्र परीक्षण हुँदा महामारीको वास्तविक विस्तार थाहा हुन नसकेको बताएका छन् ।

डब्ल्यूएचओको भनाइ
सोमवार पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने- ‘नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले कैयौँ घण्टा वा दिनको साटो १५ देखि ३० मिनेटभित्र नतिजा दिन्छ ।’

औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षणहरू उत्पादन गर्न सहमत बनेको उनले बताए । सम्झौताले १३३ देशमा सहायता पुग्नेछ । त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका ल्याटिन अमेरिकी मुलुक पनि छन् ।

‘यो उनीहरूको परीक्षण क्षमताको प्रमुख अतिरिक्त क्षमता हो र यो विशेषगरी उच्च सङ्क्रमण भएका क्षेत्रमा महत्त्वपूर्ण हुनेछ,’ उनले भने। ‘यसले प्रयोगशालाको सुविधा र पर्याप्त स्वास्थ्यकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढाउनेछ ।’ -बीबीसी

तपाईको प्रतिक्रिया