Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – असोज दोस्रो सातासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक औसत ८ जना हाराहारी छ। मुलुकभर आइतबार कोरोनाबाट एक महिलासहित १० जनाको ज्यान गएको छ। असोज १ देखि १० गतेसम्म ७७ जनाले ज्यान गुमाएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली विगतमा बाहिरी मुलुकबाट आएका युवामा कोरोना देखिएकाले मृत्युदर न्यून भएको सुनाउँछन्। ‘संक्रमणदर बढेको छ। संक्रमित हुने वृद्धवृद्धाको संख्या पनि उच्च छ’, कार्यकारी प्रमुख डा. ज्ञवाली भन्छन्, ‘त्यसैले रोग प्रतिरोधात्मक क्षमता न्यून भएका वृद्धवृद्धालाई निको बनाउने चुनौती छ।’

अन्य मुलुकझैं नेपालमा पनि कोरोना संक्रमितका लागि विभिन्न उपचार र विधि अपनाइएको छ। रेमडेसिभिर र प्लाज्मा थेरापीसहित अन्य आयुर्वेदिक औषधि पनि सेवन गराइएको छ। तापनि, मृत्युदर सार्क मुलुकमध्ये नेपालमा उच्च देखिएको छ।

नेपालमा एक महिनाअघि कोरोनाबाट हुने मृत्युदर ०.५० प्रतिशत थियो। अहिले ०.६ प्रतिशत छ। भारतमा एक महिनाअघि मृत्युदर १.८४ प्रतिशत थियो। अहिले १.६ प्रतिशत छ। श्रीलंकामा ०.४ प्रतिशत छ। त्यहाँ एक महिनाअघि ०.४० प्रतिशत थियो। सार्क मुलुकमध्ये भुटानमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

नेपालमा सक्रिय र गम्भीर खालका बिरामी बढेका कारण मृत्युदर पनि बढेको विज्ञको दाबी छ। वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बम नेपालका ज्येष्ठ नागरिक कुनै न कुनै दीर्घरोगले पीडित भइरहेकाले कोरोना संक्रमणपछि निको पार्न कठिन हुने बताउँछन्। ‘कोरोना संक्रमणपछि निमोनिया भएर ज्यान गुमाएका युवाहरू न्यून छन्’, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. बम भन्छन्, ‘लामो समयदेखि दम भएका वा मिर्गौला बिग्रेका व्यक्तिको बढी मृत्यु भएको छ। लामो समयदेखि कलेजो, मुटुजस्ता दीर्घ रोगको औषधि सेवन गरिरहेका वृद्धवृद्धाको पनि ज्यान गएको छ।’

रोग प्रतिरोधात्मक क्षमता न्यून भएका कारण पनि नेपालमा निको हुने दर घट्न पुगेको चिकित्सकको भनाइ छ। एक महिनाअघिसम्म नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च भएको बखान गर्नेहरू धेरै थिए। निको हुने दर पनि उच्च थियो। स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए, ‘सार्क मुलुकमध्ये नेपालमा कोरोना संक्रमणबाट निको हुने दर उच्च छ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया