Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025
काठमाडौं– पत्रकारिताका विद्यार्थीका लागि एउटा कहावत छ– कुकुरले मान्छे टोके समाचार हुँदैन तर मान्छेले कुकुर टोके समाचार हुन्छ ।’
दक्षिणी मोरङको बरडङ्गाका एक किसानले साँच्चै पत्रकारिताको यही कहावतलाई वास्तविकतामा ल्याएका छन् । उनले आफूलाई टोक्ने अत्यन्त विषालु सर्प गोमनलाई टोकेरै मारेका छन् ।
आफूलाई सर्पले टोकेपछि रिसाएका मोहम्मद समसुद्दिनले धानबारीमा खेद्दै गएर सर्पलाई टोकेर मारेका छन् । मोहम्मद स्थानीय बरडङ्गा उपस्वास्थ्य चौकीबाट डिस्चार्ज भएका छन् ।
मोहम्मदले सर्पलाई टोकेको समाचार बिबिसी, रोयटर्स, सीएनएनलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ प्रकाशन गरेका छन् । ‘टोक्ने सर्पलाई टोकेर मारे बिष सर्दैन भन्ने सुनेको थिएँ,’ मोहम्मदले समुद्रपारिलाई विराटनगरबाट भने– ‘मलाई टोक्ने सर्प टर्च बोकेर खोज्दै गएँ पछाडिबाट पुच्छर समातेर तानेँ अनी नमरुन्जेल टोक्न छाडिँन ।’
उपस्वास्थ्य चौकीले जनाएअनुसार मोहम्मदको खुट्टामा सर्पको एउटा दाँत गाडिएको थियो । ‘दाँत गहिरोगरी नगाडिएकाले बिस नसरेकाले मोहम्मदको जीवन बाँच्यो,’ उपस्वास्थ्य चौकीको विज्ञप्तीमा भनिएको छ ।
सर्पले टोके पनि नियमित खेती किसानीमा गएपछि छिमेकी र परिवारका सदस्यको दबाबमा मोहम्मद अस्पताल भर्ना भएका थिए ।
तपाईको प्रतिक्रिया