काठमाडौं – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन बन्ने भएको छ । सरकारले विमानस्थलमा आधुनिक स्तरको टर्मिनल बनाउन विभिन्न डिजाइन तयार पारेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकणका निर्देशक इन्जिनियर प्रदिप अधिकारीले आधुनिक भवन बनाउन डिजाइनको काम अघि बढेको बताएका छन् । उनले कस्तो डिजाइनको टर्मिनल भवन बनाउने भन्ने विषयमा छलफल चलिरहेको बताएका छन् ।‘अहिले एउटा टर्मिनल भवन रहेको छ । अहिले त्यसबाटै आन्तरिक र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिन्छ’ उनले भने ‘यात्रुको चापको आधारमा आन्तरिक र अन्तर्रास्ट्रिय छुट्टाछुट्टै प्रयोगमा ल्याइन्छ ।’
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले गौतम बुद्ध अन्तर्रास्ट्रिय विमानस्थल भैरहवामा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी शुरु भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा विभिन्न डिजाइनका टर्मिनल भवन राखी सुझाव माग गरेका छन् ।