नेपाल इताबासी भलिबल क्लब जापानको आयोजनामा प्रतियोगिता हुने भएको हो
टोकियो – नेपाल इताबासी भलिबल क्लब जापानको आयोजनामा टोकियोको इकेबुकुरोमा भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो अक्टोवर १२ तारिकका दिन गर्ने क्लबले निर्णय गरेको हो ।
खेल आयोजना गर्न नेपाल भलिबल संघका अध्यक्ष रत्न सिँह बस्नेत र गल्कोट स्पोर्ट क्लबका अध्यक्षले सहयोग गर्ने बताएको क्लबले जनाएको छ । विदेशमा रहेर पनि नेपाल इताबासी भलिबल कल्ब जापानले खेलको जगेर्नाका साथै खेलाडीहरुलाई हौसला प्रदान गर्ने उदेश्य प्रतियोगिता गर्दै आएको क्लबका अध्यक्ष दिप मगरले बताउनुभयो ।
पछिल्लो समय जापनमा भलिभल खेलाडीहरु धेरै रहेको तर खेलकूद प्रतियोगिता नहुँदा धेरै खेलाडी निराश भएको अवस्थामा खेलप्रतिको रुचिमा कुनै कमि नरहोस् भन्नका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियायगितामा जापानको विभिन्न शहरमा छरिएर बसेको धेरै खेलाडीहरु उपस्थित हुने अपेक्षा गरिएको छ । यो खेललाई क्लबले अहिलेसम्मकै रोचक र अनुशासित हुने दावी गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २० मानसहित प्रमाणपत्र र मेडल पुरस्कार प्रदान गरिने छ । यसैगरी दोस्रो हुनेलाई १२ मानसहित प्रमाणपत्र र मेडल तथा सान्व्तोना पुरस्कार पनि प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई पनि पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।
कोरोनाको महामारीले गर्दा स्वस्थ्य र निरोगी बनौं भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा केहि नियम समेग लागु गरिएको छ । जुन यसप्रकार छन् :-
१. खेल खेल्न ईच्छुक टिमले खेल सुरु हुने दिनको पाँच दिनभित्र प्रवेश शुल्क बुझाई सक्नुपर्ने ।
२. खेलाडीलाई खानाको व्यवस्था आयोजकले गर्ने ।
३. टिममा जम्मा ९ जनालाई मात्र प्रवेश दिनेछ, त्यसमा क-कसलाई राख्ने टिमलाई जिम्मा दिईने ।
४. खेलाडी खेल खेल्न आँउदा एस्ट्रा जुत्ता आफैं ल्याउनुपर्ने ।
५. खेलाडीले आयोजकको नियम पालना गर्नुपर्ने ।
६. खेलाडीलाई टाई सिटबारे अघिल्लो दिन जानकारी गराईने ।
७. खेलाडी यदि समयभित्र प्रवेश गर्न नसकेको अवस्थामा १५ मिनेटभित्र जानकारी दिनुपर्ने ।
८. यदि खेलाडी भनेको समयमा नआए अर्काे टिमलाई विजयी घोषणा गरिनेछ ।
प्रतियोगिताबारे थप जानकारीका लागि महेन्द्र भण्डारी ०८०६६६७८४०९, राजेन्द्र मल्ल ०८०९३४३९९१०, विधेश्वर क्षेत्री ०८०८५५७७११८, दिप मगर ०८०९४५४०३५५ र अरुण पोखरेल ०७०३८५१५८१० मा सम्पर्क गर्न सकिनेछ ।