काठमाडौं– भ्रष्टाचार मुद्दामा सर्वोच्चले दोषि ठहर गरे पनि अटेर गरेका पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का बुधबार अदालत जाँदैछन् ।
उनी निकट कानुन व्यवसायीका अनुसार खड्का अदालत गएर मुद्दा पुनरावलोकनका लागि निवेदन दिनेछन् । अधिवक्ता शेरबहादुर केसीका अनुसार खड्काले धरौटीबापतको रकम आजै बुझाउनेछन् ।
गत साउन ३० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, रु ९४ लाख ७४ हजार १२२ जरिवाना र त्यतिकै बिगो तिर्न पर्ने फैसला गरेको थियो ।