Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल आफ्नो नेतृत्वमा गठन भएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बचाउ गर्नमै व्यस्त हुन थालेका छन् ।

२१ दलको मोर्चा बनेपछि दिनहुँ विरोध भएपछि दाहालले बचाउ गरिरहनुपरेको छ । उनले १० वर्षे जनयुद्ध, २०६२/०६३ को संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि गठबन्धन आवश्यक भएको तर्क गर्दै आएका छन् ।

पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानको पक्षमा नरहने दलहरू नै यतिखेला पानीमाथिको ओभानो बनेको बताउँदै उनले भने, “नेपाली कांग्रेस र नेकपा-एमाले) वास्तविकरुपमा सङ्घीयताका पक्षपाती हुन भने उनीहरूले गठबन्धनको विरोध गर्नुको कुनै अर्थ रहँदैन ।”

पहिचानसहितको सङ्घीयताको पक्षमा काँग्रेस सहमत भए पाँचबुँदे सहमतिअनुसार उसलाई सरकारको नेतृत्व दिन आˆनो पार्टीलाई कुनै समस्या नभएको उनको भनाइ थियो । 

विपक्षी दलले भने गठबन्धनले सहमतिको संस्कृतिमा प्रहार गरेको भन्दै आलोचना गरेका छन् ।

 

तपाईको प्रतिक्रिया