Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ – भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । धोनी गतबर्षको विश्वकप क्रिकेट देखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

धोनी भारतीय क्रिकेटमा एकदिवसीय क्रिकेट विश्व कप, टी-२० क्रिकेट विश्वकप र टेस्टको वरियतामा भारतलाई नम्बर एक टिम बनाउने एक मात्र कप्तान हुन् । ३९ बर्षिय धोनीले सामाजिक संजालबाट सन्यासको घोषणा गरेका छन् ।

धोनीले भारतका लागि ९० टेस्ट खेल्दै १४४ इनिंगमा ३८.०९ को औसतले ६ शतक र ३३ अर्धशतकसहित ३ हजार ८७६ रन बनाएका छन् । त्यस्तै एकदिवसीय खेलमा ३५० खेल खेल्दै १० शतक र ७३ अर्धशतकसहित ५०.५७ को औसतले १० हाजर ७७३ रन बनाएका छन् ।

त्यस्तै टी-२० खेलमा ९८ खेल खेल्दै २ अर्धशतकसहित १६१७ रन बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कहिल्लै तनावमा नआउने, सहि निर्णय लिने र खेल जित्ने कप्तानका रुपमा चिनिन्छ । धोनीले लिएका केहि रोचक निर्णयका बारेमा चर्चा गरौ :-

सन २००७ को टी-२० विश्वकपको फाइनल खेलको अन्तिम ओभर धोनीले लिएको निर्णय सबै भन्दा चर्चित निर्णय भन्न सकिन्छ । अन्तिम ओभरमा उनले बलर जोगिन्दर शर्मालाई बलिंग गर्न दिने निर्णय निकै रोचक रहेको थियो । पाकिस्तानविरुद्धको सो खेलमा पाकिस्तानलाई जितका लागि १३ रन आवश्यक थियो । यस्तो अवस्थामा अनुभवी हरभजन सिंह जस्तो बलरलाई छोडेर धोनीले जोगिन्दरलाई बलिंग गराएका थिए र खेल जितेका थिए ।

त्यस्तै २००७ को टी-२० विश्वकप मै धोनीले पाकिस्तानविरुद्ध लिग चरणको खेलमा खेल टाइ भएको थियो । सो खेलमा बल आउटबाट निर्णय हुने हुनाले उनले अनुभवी बलरको सट्टामा विरेन्द्र सहवाग र रोबिन उथप्पा जस्ता पार्ट टाइम बलरलाई रोजेर खेल जितेका थिए ।

२०११ को विश्वकप क्रिकेटको फाइनलमा धोनीले अन्तिम बलमा छक्का प्रहार गरेर भारतलाई विश्वकप जिताएका थिए ।२८ बर्षपछि भारतलाई विश्वकप जिताउने क्रममा धोनीले फाइनलमा ९१ रन बनाएका थिए । पुरै विश्वकपमा राम्रो ब्याटिंग नगरेका धोनीले फाइनलमा भने उत्कृष्ट ब्याटिंग गरेर भारतलाई जिताएका थिए । फाइनलमा उनले आफुलाई प्रमोट गरेर युवराज सिंहको ठाउमा गएर ब्याटिंग गर्ने निर्णय सफल भएको थियो ।

२०११ को विश्वकपमा युवराज सिंहलाई बलरको रुपमा धोनीले गरेको प्रयोगको निकै चर्चा हुने गर्दछ । सो विश्वकपमा युवराजले ९ खेलमा ७५ ओभर बलिंग गरेर १५ विकेट लिएका थिए । युवराजले क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा २-२ विकेट लिएका थिए ।

त्यस्तै २०११ मा धोनीले आर आश्विन र सुरेश रैनाको पनि राम्रो प्रयोग गरेका थिए । लिग चरणमा उनीहरुले मौका पाएनन् भने नक आउट चरणमा दुवैको प्रयोग भारतीय तिम्लाई जिताउन निकै उपयोगी भएको थियो ।

अस्ट्रेलियाविरुद्ध धोनीले लिएका निर्णय धेरै जसो सफल देखिए । सन २००८ मा अस्ट्रेलियाविरुद्धको सिरिजका लागि युवा टिम चुन्नुपर्ने माग राख्दै धोनीले गौतम गम्भीर, रोहित शर्मा र प्रविण कुमार जस्ता खेलाडीलाई अगाडी ल्याए । जसको कारण भारतले पहिलो पटक अस्ट्रेलियामा जित हासिल गरेको थियो ।

त्यस्तै धोनीलाई रोहित शर्मालाई एकदिवसीय खेलमा ओपनरको रुपमा ल्याउने श्रेय जान्छ । मिडल अडरमा खासै राम्रो प्रदर्शन गर्न नसकेका रोहितलाई धोनीले नै एकदिवसीय खेलमा ओपनरको रुपमा प्रयोग गरे जुन निकै सफल भयो । अहिले रोहितले विश्वकै उत्कृष्ट ओपनरको रुपमा आफुलाई स्थापित गरेका छन् ।

यो धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा लिएका केहि सफल निर्णय भए । उनले मैदानमा लिएका कैयौं निर्णय युवा खेलाडीहरुलाई निकै प्रेरित गर्ने खालका रहेका छन् ।

तपाईको प्रतिक्रिया