Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौँ – अमेरिकी वरिष्ठ डाक्टर एन्थोनी फाउचीले थर्मल गनले तापमान नापेर कोरोनाको पक्का पत्ता नलाग्ने बताएका छन् ।

अमेरिकी नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सन डिजिजका निर्देशक समेत रहेका डा. फाउचीले तापमान जाचेर कोरोनाको नियन्त्रण भरोसायोग्य नभएको बाताएका छन् । अहिले विश्वका लगभग धेरै कम्पनि, कार्यालय र अन्य स्थलमा प्रवेश गर्नुअघि थर्मल गनबाट तापमान नाप्ने गरिएको छ ।

डा. फाउचीले अमेरिकी राष्ट्रपतिको निवास ह्वाइटहाउस र आफ्नो कार्यालय नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सन डिजिजमा थर्मल गनले तापमान लिन बन्द गरिएको बताएका छन् । उनले भनेका छन्, ‘थर्मल गनले तापमान नाप्नु भन्दा सिधै सम्बन्धित मानिसलाई सोध्दा सहि हुन्छ । यसबाट समय पनि बच्छ, कहिले काही तापमान लिने काम निकै गलत समेत हुने गरेको पाइएको छ ।’

तपाईको प्रतिक्रिया